Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन


    मंगलबार, असोज २१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

    विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

    देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङ सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमनमा पुगेका थिए ।

    अनुगमनको क्रममा मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए ।

    प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्री कुलमान घिसिङले निर्देशन दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार