Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपद्पछिको अवस्थाबारे छलफल गर्न माओवादीले बोलायो सचिवालय बैठक 


    आइतबार, असोज १९ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ ।

    ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

    बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।

    यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।

    अब बस्ने सचिवालय बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा समेत छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार