काठमाडौँ। अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् ।
प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन् ।”
जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलको आन्तरिकतर्फ यात्रुहरुको चाप बढेको जनाइएको छ । शनिबार आन्तरिकतर्फका सबै उडान तथा अवतरण स्थगन भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ गइरहेका छन् ।
आज बिहान मौसम अनुकूल भएसँगै नेपालगञ्ज र भद्रपुरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भइसकेको तथा पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि मौसम अनुकूल रहेकाले आन्तरिक उडान सुरु गरिएको महाप्रवन्धक पाण्डेले बताउनुभयो । विमानस्थलको अन्तरराष्ट्रियतर्फका उडान तथा अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend