Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २० जना घाइते


    शुक्रबार, असोज १७ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको िछ । २० जना घाइते छन् ।

    काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका ईश्वरपुर नपा १२, सर्लाहीका शुख बहादुर खड्काका छोरा १२ वर्षीय प्रविण खड्काको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यसअघि स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बस दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार बस दुर्घटनामा २० जना घाइते भएको छन् भने घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार