Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा चट्याङ लागेर महिलाको मृत्यु


    बुधबार, असोज १५ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुरुङ्गा। चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

    आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएका थिए। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उहाँको बाटोमा नै मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार