Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त


    सोमबार, असोज १३ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् ।

    प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।

    त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।

    नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।

    प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार