Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज एकैदिन एक लाख ११ हजार जनाले छाडे काठमाडौँ


    सोमबार, असोज १३ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् ।

    यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन्।

    अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिएका बताए । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए । ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार