Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • पूर्वसभामुखद्वय घर्ती र महराले फिर्ता गरे संसद्को गाडी


    सोमबार, असोज १३ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् ।

    पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले गाडी सुविधा दिँदै आएको छ । गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएका छन् ।

    तर, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

    प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

    यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार