Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न: नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?


    आइतबार, असोज १२ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् ।

    आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गरेका हुन् ।

    छलफलमा सहभागी त्रिविका पदाधिकारीले पनि मन्त्री पुनले सुधारको योजना माग गरेको बताए । ‘त्रिविको डेटाबेस हुनुपर्‍यो । कुनमा कति विद्यार्थी छन् ? सय दिनमा नतिजा सार्वजनिक हुनुपर्‍यो । अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण गर्नुपर्‍यो भन्नुभएको छ । मुख्यत: त्रिविको सुधारको विषयमा छलफल भयो,’ छलफलमा सहभागी ती अधिकारीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार