Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै


    शुक्रबार, असोज १० २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

    बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

    अध्यक्षको उक्त प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् ।

    विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको छ । आज टोली नेताहरूले समूहबाट आएको धारणा राख्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार