Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान   


    शुक्रबार, असोज १० २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार