Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट


    बिहिबार, असोज ९ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ । उक्त भेटमा मन्त्री खरेलले जेन जेडको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदूतलाई जानकारी दिएका थिए ।

    राजदुत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार