Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी


    बिहिबार, असोज ९ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले जेन-जी आन्दोलनको दमन र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका प्रमुख नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।

    वाचलिस्टमा केपी शर्मा ओली, शेरबहादुर देउवा, रमेश लेखक, दीपक खड्का, आरजु राणा र प्रचण्डको नाम छन्। देउवा, प्रचण्ड र खड्काको घरमा नगद भेटिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ।

    राहदानी रोक्काको कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पासपोर्ट रोक्न अध्यागमन, राहदानी विभागसँग छलफल भइसकेको छ। तर हालसम्म कसैको पासपोर्ट औपचारिक रूपमा रोकिएको छैन।

    राहदानी ऐन अनुसार, अनुसन्धानमा परेकाहरूको पासपोर्ट रोक्न सकिन्छ। अनुसन्धानले पुष्टि गरेपछि आवश्यक कारणसहितको पत्राचारपछि पासपोर्ट रोक्का हुने सरकारको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार