काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रे मातहतको सिन्धुली आश्रित गुल्ममा बर्षौंदेखि अड्डा जमाएर बस्ने, घुमुवागिरीको आडमा असुली गर्ने र उच्च अधिकृतको आडमा अवैध कारोबारमै हात हाल्ने जस्ता क्रियाकलाप खुलेआम चलिरहेको छ ।
प्रहरी संगठन शिष्ट, आचारसंहिता र कानूनी मर्यादामा चल्नुपर्ने भए पनि यस गुल्मभित्र भने संगठनकै धज्जी उडाउने खालका कार्यहरू संस्थागत रूपमा हुँदै आएका छन् भन्ने गुनासो बढ्दो छ ।
त्यहाँ कार्यरत कतिपय प्रहरी कर्मचारी पाँचदेखि ८ वर्षसम्म एउटै स्थानमा स्थायी रूपमा अड्डा जमाएर बसेका छन् । हवलदार उमा कार्की, जवान हरिबहादुर थापा, हवलदार सुनिता बस्नेत थापा (दम्पत्ति), सहायक निरीक्षक भरत थापा, हवलदार सोमबहादुर पोखरेल, प्रहरी दम्पत्ति हरी बहादुर थापा–दीपा बस्नेत र दिनेश चौलागाई–उमा कार्कीलगायत वर्षौंदेखि त्यही गुल्ममा बसिरहेको आरोप छ । सरुवा प्रणालीलाई दरकिनार गर्दै लामो समय एउटै ठाउँमा बस्ने प्रवृत्तिले संगठनभित्रै असन्तुलन र विभेद सिर्जना भएको सरोकारवालाको बुझाइ छ ।
त्यसैगरी, सशस्त्र प्रहरी नायब निरीक्षक (सई) दाबा दोर्जे लामा तीन वर्षभन्दा बढी समयदेखि गुल्ममै कार्यरत छन् । उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कमल गिरीको विश्वासपात्रका रूपमा परिचित छन् र ‘घुमुवा’को जिम्मेवारीमा रहेर पूर्वी नेपालतर्फबाट आउने तस्करीका गाडीहरूसँग सेटिङ मिलाउने तथा असुली गर्ने गरेको स्रोतको दाबी छ ।
काकडभिट्टामा घुमुवाको रूपमा विवादमा तानिएर रवि लामिछाने गृहमन्त्री भएको बेला दरबन्दी फिर्ता गराइए पनि, सिन्धुलीमा आएपछि फेरि त्यही भूमिकामा सक्रिय रहेको जनाइएको छ । लामाले अमर यादवलाई आफ्नो रनर बनाएका छन्, जसले सई लामामात्रै नभई डिआइजी गिरी, गणपति र गुल्मपतिको नामसमेतमा असुली गर्ने गरेको गम्भीर आरोप छ ।
स्रोतका अनुसार, सई लामाले मरिन डाइभर्सन क्षेत्रमा हुने अवैध गाँजाखेती तथा कारोबारमा समेत सेटिङ गरी असुली गर्ने गरेका छन् ।
यसैबीच, गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवर्ण पोखरेलले वरिष्ठ हवलदार गणेश योगीलाई गुल्मकै घुमुवा बनाएका छन् भने परिचर विष्णु श्रेष्ठ पनि तीन वर्षदेखि त्यहीँ अड्डा जमाएर बसेका छन् । प्रशासनमा कार्यरत हवलदार सोमबहादुर पोखरेलले आफ्नी श्रीमती सरस्वती सापकोटालाई ‘ड्यूटी नगरी घरमै बस्ने र तलब खाने’ व्यवस्था मिलाएको गम्भीर आरोप लागेको छ ।
अनुगमन टोली आउने खबर पाएपछि मात्रै ड्यूटीमा खटाइने तर अन्य समयमा घरमै बसेर तलब खाने प्रथा खुलेआम चलाइँदै आएको बुझिएको छ ।
यसबाहेक, एउटै गाडीमा पाँच–पाँच जना ड्राइभर राख्ने र उनीहरूलाई बुलेट मोटरसाइकलमा घुमुवाको रूपमा परिचालन गरी असुली अभियान चलाउने जस्ता अराजक अभ्यासले गुल्मभित्रको शिष्टाचारमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
सशस्त्र प्रहरी बलको नाम संगठनकै शुद्धता, शिष्ट र कानूनी राज्यको संरक्षणसँग जोडिन्छ । तर प्रहरीकै आडमा यस्तो असुली, अड्डाबाजी र अनुशासनहीनता खुलेआम चलिरहनु संगठनकै विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ । यस्ता विषयमा प्रहरी महानिरीक्षक राजु अर्याललगायतले तत्काल छानबिन गरी लामो समयदेखि एउटै ठाउँमा बसिरहेका प्रहरीलाई सरुवा गर्ने, घुमुवाको नाममा हुने अवैध धन्दा बन्द गराउने र संगठनभित्र शुद्धिकरणको अभियान तत्काल सुरु नगर्ने हुन भने सशस्त्र प्रहरीभित्रको यो रोगले खतरनाक रुप लिनेछ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend