Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो छलफल ?


    बुधबार, असोज ८ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा ६ महिनाभित्र अर्थात् फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने प्रमुख जिम्मेवारी छ।

    निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने बाटो खुलाउन तत्काल अध्यादेश ल्याइदिन अनुरोध गरेको छ। मंगलबार यस विषयमा आयोग पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार