Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


    बुधबार, असोज ८ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।

    भोलि बस्ने केन्द्रीय समिति बैठकका ऐडेण्डा तय गर्नेसहितको निर्णयका लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

    गएको आइतबार बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रिय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो।भोलि बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने बताइएको छ।

    केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउन माओवादीले असोज ९ गते केन्द्रीय समितिको आकस्मिक बैठक राखेको छ।

    आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार