Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपामा रवि लामिछानेको राजीनामा माग


    मंगलबार, असोज ७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहँदा पार्टी नेतृत्वबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।

    मङ्गलवार चस्मतीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम, कोशी, लुम्बिनी र गण्डकीका प्रदेश सभापतिहरूले लामिछानेले मुद्दाको कानुनी निरूपण नहुँदासम्म सभापति पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् ।

    सुदूरपश्चिमका प्रकाश विष्ट, कोशीका सरिन तामाङ, लुम्बिनीका देवराज पाठक र गण्डकीका राजन गौतमले यो धारणा व्यक्त गरेका हुन् । बागमती, मधेस र कर्णालीका सभापतिहरू भने मौनता देखाएका छन् ।

    प्रस्तावमा पाँच जिल्लाका सहकारी ठगी मुद्दाको किनारा नलागेसम्म लामिछानेले नेतृत्व छाड्नुपर्ने उल्लेख छ । बैठकमा भदौ २४ मा लामिछाने नख्खु कारागारबाट हुलदंगका बीच निस्किएको विषय पनि उठेको छ ।

    उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहितको टोलीले उनलाई निकालेको घटनालाई लिएर आलोचना भएको छ । प्रवक्ता झाले उक्त कदम गल्ती भएको स्विकार्दै सुधारको प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार