Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुइन खोलामा फेरि खस्यो पहिरो, मुग्लिन-नारायणगढ सडक आज खुल्ने सम्भावना कम


    मंगलबार, असोज ७ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ। तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

    पहिरो खस्दा पृथ्वी राजमार्ग पनि गएरातिदेखि नै अवरुद्ध छ। धादिङ बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु(मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएका हुन्।

    तुइन खोलामा खसेको पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

    पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार