जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।
भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो ।
भारत सरकारको १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ हाल जयनगरवाट जनकपुरहुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ । नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुर्ईवटा इन्जिनसहितको चार÷चार वटा वोगीमार्फत यस क्षेत्रका जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।
यात्री ओसारपसार गरेर रेल्वे सेवालाई व्यावसायिक बनाउन तथा नाफामा लैजाने अवस्था नभएकाले सो कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यान आर्कषण गराउँदै आएको छ । कार्गो रेल्वे सेवा निकट भविष्यमा सञ्चालनमा आउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विश्वास व्यक्त गरे ।
अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । कार्गो रेल्वे सेवा सञ्चालनका लागि महोत्तरीको रामनगर तथा बर्दिवाससम्म रेल्वे सेवा विस्तार गर्न नयाँ स्टेशन निर्माण गर्नेमा भारतीय पक्ष अग्रसर भएको महाप्रबन्धक झाले वताए ।
भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि यसक्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायी रामनरेश साहले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्तो हुने बताए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend