Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० प्रमुख सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्रीको निर्णय


    सोमबार, असोज ६ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

    आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

    पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

    निर्णय अनुसार काठमाडौँ बाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार