काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच सोमबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा नेपालमा हालको राजनीतिक तथा सामाजिक परिस्थिति, पुनर्निर्माण योजना र संयुक्त राज्य अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु, पुनर्निर्माण योजना कार्यान्वयन गर्नु तथा सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन्।
त्यस अवसरमा अमेरिकी राजदूत थम्पसनले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै अमेरिकन सरकार नेपालको साथमा रहेको आश्वासन दिए। उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) अन्तर्गत एमसिए नेपालमार्फत सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेको पनि औंल्याए।
अर्थमन्त्री खनालले उक्त परियोजनाहरूको कार्यान्वयनमा ढिलाइ नहुने विश्वास दिलाउँदै नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकी सहयोगको उच्च सराहना गरे। साथै, भविष्यमा पनि यस्तो सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend