Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने


    सोमबार, असोज ६ २०८२
    660
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नारायणगढ-मुस्लिन सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ। तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो ।

    आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । शुक्रबारदेखि पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए ।

    आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।

    दसैँ मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार