Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने चुनावमा भाग लिने


    आइतबार, असोज ५ २०८२
    635
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भएको छ । भदौ २३ देखि २६ सम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनमा भाग लिने विषयमा छलफल गरेको हो ।

    यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए ।

    उनले निर्वाचनमा भाग लिने पार्टीको घोषित नीति नै भएको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ ।’

    २०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा छलफल मै भएकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार