काठमाडौं । आज (आइतबार)मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक बस्ने समय भने तय भइसकेको छैन । बालुवाटार स्रोतका अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ ।
जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। सो घटनाको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ । यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो ।
यता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend