दोधारा चाँदनी (कञ्चनपुर) । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् । हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिनुभयो । “मैले साढे चार बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ”, उहाँले भन्नुभयो, “खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ ।”
उहाँले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताउनुभयो । “हरेक वर्ष हात्तीले नोक्सानी पुर्याउँदै आएको छ, यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन”, उहाँले भन्नुभयो, “हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौँ ।”
वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । “रातिको समयमा ३०–४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्”, उहाँले भन्नुभयो, “बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ ।” अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उहाँले बताउनुभयो । “हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ” महताले भन्नुभयो, “हामीलाई हात्तीको धेरै दुःख छ ।”
जङ्गली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् । अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन् । “मजदुरी गरेर कमाएको पैसाले खेती लगाउँछाँै, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन”, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भन्नुभयो, “खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ ।” छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् । केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ । (रासस)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend