काठमाडौं । केही दिनमै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । अहिले त्यसका लागि सम्भावित नाम खोजी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ । स्रोतका अनुसार सम्बन्धित क्षेत्रमा अनुभव, योग्यता, क्षमता र विगतमा काम गरेको आधारमा उपयुक्त व्यक्ति खोजी भइरहेको छ ।
स्रोतका अनुसार पर्यटन क्षेत्रको विस्तार र विकासमा विगत ३ दशकदेखि उल्लेखनीय योगदानी पुर्याएकी लाक्पाफुटी शेर्पाको नाम विभिन्न विभिन्न क्षेत्र तथा व्यक्तिबाट पर्यटन मन्त्रीका लागि सबैभन्दा उपयुक्त र क्षमतावान भन्दै प्रधानमन्त्रीसम्म पुर्याएका छन् ।
सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी शेर्पाका तीन वटा पुस्तक ‘हिमालमा चालीस वर्ष’, ‘हिमालकी छोरी’ र आत्मकथा ‘फोर्टी इयर्स इन् माउन्टेन’ प्रकाशित भइसकेका छन् ।
सन् १९९३ मा पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहण दलमा रहेकी उनी सगरमाथा आरोहण गरिसकेकी छन् । उनी चेम्बर अफ कमर्शको कार्यकारी सदस्यसमेत भइसकेकिा छन् । उनले सुरुदेखि नै नेपालमा पर्वतीय विश्वविद्यालय बनाइनुपर्छ भनेर लविङ गर्दै आएकी छन् । नेपाल पहिलो पर्वतीय प्रशिक्षण प्रतिष्ठान सञ्चालनका लागि उनले लामो समय संघर्ष गरेकी थिइन् ।
हिमाल आरोहण सम्बन्धी अध्ययन गर्न उनकै पहलमा नेपाल माउन्टेन एकेडेमी स्थापना गरिएको छ । यस काममा पनि उनले ठूलो संघर्ष गरेकी छन् । नेपाल माउन्टेन एकेडेमी स्थापनाका लागि त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन लिन जाँदा केहीले हाँसेर टारे । तर उनी यस काममा सफल भइन् । अब यसलाई विश्वविद्यालयका रुपमा विकास गर्न पाए हुन्थ्यो भन्ने चाहना उनको छ । उनले त्यस एकेडेमीमा ८ वर्ष कार्यकारी निर्देशकका रूपमा काम गरिन् ।
पछि उनलाई तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले बर्खास्त गरे । अदालतले पछि उनलाई पुनः पदस्थापन गरेको थियो । सन् २०२२ मा पनि ‘अल्फा’ म्यागेजिनले उनलाई ‘इन्स्पायरिङ पर्सन’ भनी फिचर गरेको थियो ।
जेन–जीको आन्दोलनका क्रममा जेनजीहरूले पनि त्यत्रो तोडफोड गर्दा पर्यटकका कुनै पनि बाहनमा क्षति पुर्याएनन् । यसबाट नेपालीहरूको अतिथि देवो भवः प्रतिको निष्ठा देखिने बताउँदै नेपालको विकास पर्यटनबाटै बढी हुनेमा उनी विश्वस्त छिन् । ‘नेपालीहरूमा सेवाभाव प्राकृतिक रुपमा नै भएकाले यसलाई सरकारले बढीभन्दा बढी उपयोग गर्नुपर्छ’ उनले भनिन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend