Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपन प्रहरी प्रभाग स्थानीयको सहयोगमा पुननिर्माण, आजदेखि संचालन हुने


    शनिबार, असोज ४ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेन–जी समूहको प्रदर्शनका क्रममा नेपाल प्रहरीका देशभरका २ सय ७२ कार्यालय र प्रहरी चौकीमध्ये १ सय २२ वटा आगजनी र तोडफोड भए । तीमध्येमा बुढानीलकन्ठ नगरपालिका १० मा रहेको प्रहरी  प्रभाग कपन पनि आगजनीका कारण ध्वस्त भएको थियो ।

    २४ भदौमा जेनजी समूहको प्रदर्शनको आवरणमा अराजकता मच्चाउँदै हिंडेको जत्थाको आगजनीका कारण ध्वस्त भएको कपन प्रहरी प्रभाग स्थानीयको सहयोगमा १० दिनमै तयार भएको छ । कपन चौकी नजिकै घर भएका युवा नवराज खनाल(बिक्रम) को अगुवाईमा स्थानीयले प्रहरी प्रभाग कपनको भवन मर्मत गरी रङ लगाएर चिटिक्क पारेका न् ।

    कपन प्रभाग निर्माणका लागि राजनीतिक दल, समाजसेवी, नागरिक समाज, त्यस क्षेत्रका विद्यालयहरुले पनि निर्माण सामग्रीदेखि सबै किसिमका सहयोग गरेका थिए । प्रहरी प्रभाग कपनका इन्चार्ज प्रहरी निरीक्षक एकराज सुवेदीले भवन तयार भइसकेको र शनिबार ४ बजेदेखि औपचारीक रुपमा संचालन हुने बताए ।

    कपन प्रहरी प्रभाग पुननिर्माणमा अगुवाइ गरेका खनालले टोल सुधार समिति र स्थानीय बासिन्दाहरुसँग सहयोग संकलन गरी बनाइएको बताए । उनले भने–‘सबैसँग स्वेच्छिक रुपमा आर्थिक सहयोग लिएर प्रहरी प्रभागको पुननिर्माण गर्न सफल भयौं । ५ रुपैयाँ दिएको पनि लेखेर, हिसाब राखेर निर्माण गरेका हौं । कतिपय ब्यवसायी, संघ संस्था, विद्यालय र ब्यक्तिहरुले ३ लाखबराबरका जिन्सी सामानहरु कुर्सी, टेबुल र प्रहरीका लागि आवश्यक भाँडाकुँडा पनि प्रहरीका लागि दिनुभएको छ ।

    पुननिर्माणपछि रङरोगन गरी चिटिक्क पारिएको आकाशेधारा प्रहरी बिट

    त्यसैगरी, कपनकै आकाशेधारामा रहेको प्रहरी बिट समेत स्थानीयको सहयोगमा मर्मत सम्भार गरी संचालनमा ल्याइएको छ । आकाशेधारा बीट पनि भदौ २४ गते आगजनीका कारण ध्वस्त भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार