काठमाडौँ । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ ।
सो उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ ।
पुस्तकबारे लेखिका आभासले भन्नुभयो, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।”
बुकहिल सो पुस्तक प्रकाशन गरेको हो । “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ”, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो ।
कथा र कवितामा कलम चलाइरहहनुभएकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुङ्कारलाई प्रस्तुत गरिएको जनाइएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ । (रासस)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend