Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाको टाउकोमा १२ वटा टाँका, केही दिन अस्पतालमै रहने


    शुक्रबार, असोज ३ २०८२
    775
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

    आज (शुक्रबार) पार्टी बैठकको निर्णय सुनाउने क्रममा उनले सभापति देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको बताए । त्यहाँ १२ वटा टाँका लगाइएको र अहिले स्वस्थ्यमा सुध भइरहेको उनले जानकारी दिए ।

    उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए।

    भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

    आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार