Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बिघटनमात्रै होइन, संविधान र राष्ट्रपति पनि हटाइँदैथियो तै जोगियो: प्रचण्ड


    शुक्रबार, असोज ३ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् ।

    पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् ।

    ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,’ प्रचण्डले भने ।

    उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संबाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार