Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एक लाख घुस लिने लेखाअधिकृत अख्तियारको नियन्त्रणमा


    शुक्रबार, असोज ३ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेख, डुङ्गेश्वर गाउँपालिकाकाका लेखा अधिकृत टंकबहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नियन्त्रणमा लिएको छ ।

    डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारको टंगाल र सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई नियन्त्रणमा लिएको छ ।

    लेखा अधिकृत कार्कीलाई घुस रकमसहित सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट बिहीबार नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार