Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने


    बिहिबार, असोज २ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।

    प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । ओली बस्दै आएको बालकोटस्थित घर जलेपछि उनी भक्तपुरको गुण्डु सरेका छन् ।

    त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् । बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार