Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध


    बिहिबार, असोज २ २०८२
    450
    Shares
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो ।
    पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् ।
    राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार