Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोटेश्वरको भाटभटेनीमा पनि जलेको अवस्थामा शव भेटियो


    बुधबार, असोज १ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

    गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी भएको कोटेश्वर भाटभटेनी सुपर मार्केटमा एक जनाको डढेको अवस्थामा सव फेला परेको हो ।

    शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

    योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

    यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार