Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव जिल्ला ल्याइयो


    बुधबार, असोज १ २०८२
    775
    Shares
    ??????? ?? ???????? ?????????? (??????????), ? ????? ??? ?? ??? ?????????? ???? ???–?? ????????? ?????? ???????? ???? ????? ????? ??????? ???????????? ??????? ??????????–? ?? ?? ?????? ?????? ??????? ?? ???????? ? ? ????? ?????????? ?????? ?????? ???????–? ?? ??????? ?? ?????? ????? ?????? ?????? ????????? ?????? ???????? ??? ??????? ???? ??????÷????
    नेपाल फेस
  • २ मिनेट पाठ
  • किमाथाङ्का । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरिरलाई सङ्खुवासभा ल्याइएको छ ।

    नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिफ । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो ।

    सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

    श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । किशोर कुलुङका छोराहरु मध्ये प्रवीन माइला भएको जनाइएको छ । प्रवीनको निधनले सिलिचोङसहित सङ्खुवासभामा शोकमा ढुबेको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार