Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित २ भारतीय पक्राउ


    बुधबार, असोज १ २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

    विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने १० किलो नौ सय १५ ग्राम बस्तुसहित उनीहरूलाई प्रहरीले हिजो पक्राउ गरेको हो।

    थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजमा लागुऔषध फेला परेको थियो।

    पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार