काठमाडौँ । नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् ।
जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मेयर साम्पाङ भावुक भएर चिन्ता जताउँदै रोइरहेको देखिन्छ ।
‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने ? सबै नेताहरू भागाभाग, रक्ताम्मे, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहसनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ ? कोही छैन, कसले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन ?,’ उनले भनेका छन् ।
मानिसहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेपछि अघि सरेको उनको तर्क छ । आफूले हिम्मत नहारेको बताउँदै उनले भने, ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो उसमा निस्केँ ।’
आफू अघि सर्दा अरू लुकेर बसेको भन्दै उनले मुलुक बचाउन बलिरहेको आगोमा हाम फालेको बताए ।
मानिसहरूको प्रस्ताव अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउँदै साम्पाङ भदौ २५ गते काठमाडौँ आएका थिए
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend