Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता


    मंगलबार, भाद्र ३१ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

    अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

    भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ ।

    भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए। प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार