Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारमा सहभागी हुन सन्दुक रुइतलाई प्रधानमन्त्रीको प्रस्ताव


    मंगलबार, भाद्र ३१ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेका छन् ।

    मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेका हुन् ।

    प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसंग आग्रह गरेका थिए । जवाफमा डा. रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा. रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए ।

    जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार