काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सवारी साधनमा क्षति भएको छ ।
सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ । कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साना गाडी, बस र ४७ मोटरसाइकल स्कुटर ७४ सवारी साधन जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण भने आउन बाँकी छ ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend