Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदको पहिलो बैठक साढे ४ बजे बस्दै


    सोमबार, भाद्र ३० २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन्।

    दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन्।

    आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

    खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार