Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्र मन्त्रालय रहेको भवनमा सारियो गृह


    सोमबार, भाद्र ३० २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएको भवनमा गृह मन्त्रालय सञ्चालन हुने भएको छ ।

    यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएको भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेको भवनमा सारिएको हो ।

    परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ । परराष्ट्र मन्त्रालयको एउटा शाखा सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रालय सञ्चालन हुन लागेको हो । अहिले पुरानो गृह मन्त्रालयबाट आगलागीबाट जोगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेको छ ।

    अधिकारकर्मी समेत रहेका अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । उनलाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार