Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतमा पाल टाँगेर सेवा प्रवाह सुरु


    आइतबार, भाद्र २९ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ ।

    यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक ९फूल कोर्ट०ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनहरू हेर्न थालिने जनाएको थियो ।

    सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउने गरी काम थालेको हो ।

    इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा सुरु हुनेछ । दंशैका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ ।

    तर, यस पटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार