काठमाडौं । जेनजी पुस्ताको २४ भदौको प्रदर्शनमा हिंस्रक जत्था घुसपैठ भई सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतदेखि राष्ट्रका खरबौं रुपैयाँ लगाएर निर्माण गरिएका संरचना आगजनी गरी ध्वस्त बनाए ।
गलामा राष्ट्रिय झन्डा ओढेर गरिएको यो बिध्वंशकारीहरुलाई उकास्ने काममा युट्युबर भाग्य न्यौपानेले गरेको खुलेको छ । उनले ललितपुरको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जेलबाट निकाल्नका लागि युट्युबबाट लाइभ गरेको अपराधीक ढंगले उकासेका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरल छ । उनले यसरी भिडियोमार्फत् प्रदर्शनकारीलाई नख्खु जेलमा जानका लागि उक्साएका थिए– ‘रवि दाइलाई राखेको जेलमा जानुपर्यो, देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लानुपर्यो ।…’
भाग्य न्यौपानेको उक्साहटमा नख्खु जेलमा रवि लामिछानेलाई निकाल्नका लागि निवर्तमान सांसद हरि ढकाललगायत पनि गएका थिए । भाग्य न्यौपानेजस्ता अपराधीक काम गर्न उक्साउनेहरुको लहलहैमा लागेर कीर्ते पत्र बनाएर लामिछाने जेलमुक्त हुँदा उनी चरम विवादमा परेका छन् । त्यो कीर्ते पत्र उनले जेलमुक्त भएको ३ घन्टापछि श्रीमती निकिता पौडेलको फेसबुक वालबाट सार्वजनिक गरी अर्को बच्कना हर्कत गरेका थिए । अब उनीमाथि कीर्तेमा पनि मुद्दा चल्ने देखिन्छ ।
भाग्य न्यौपानेको अपराधीक भिडियोेले गर्दा रास्वपा सभापति जेलबाट कीर्ते पत्र बनाएर छुट्दा देशभर जेलमा आगजनी गर्दै १५ हजार कैदीबन्दी भागेका छन् । जसको सम्पूर्ण जिम्मेवार लामिछानेलाई मानिएको छ । जेलका कैदीहरुले लामिछाने जेलबाट भाग्न पाउने आफूहरु किन नपाउने भन्दै आगजनी गरी भागेका छन् । जेलमा राखिएका हत्या, बलात्कार, लागूऔषध कारोबारीजस्ता अपराधीहरु भाग्दा समाजमा अपराध बृद्धि हुने त्रास ब्याप्त छ । जेलबाट १५ हजार कैदीबन्दी भगाउने मूख्य जिम्मेवार अपराधीक भिडियो बनाउने भाग्य न्यौपानेलाई पक्राउ गरी आजीवन काराबासको संजाय दिनुपर्ने माग सामाजिक संजालमा उठेको छ ।
भाग्य न्यौपानेले २४ भदौमै झापामा ८० किलो सुन फेलापरेको भनेर अर्को झुटो खबर युट्युबमार्फत् फैलाएका थिए । तर उक्त सुन अहिलेसम्म कहीँ कतै पनि भेटिएको छैन । हुँदै नभएको सुन भेटिएको झुटो खबर फैलाउने काम भाग्य न्यौपानेले गरेका थिए । युट्युबका आडमा अपराधीक कार्यमा उकास्ने न्यौपानेले यसअघि कपनको आकाशेधारा चौरमा एक बालिका फ्याँकिएको खबर प्रशारण गरी विवादमा आएका थिए ।
२०७७ साउन १२ गते कपनको आकाशेधारामा बिस्कुटको कार्टुनमा फालिएको अवस्थामा भेटिएकी बच्ची समाजसेवाको नाममा खुलेका दुई संस्थाबीचको सेटिङमा फालिएको तथ्य खुलेको थियो ।
बच्चीलाई कार्टुनमा लगेर चौरमा फाल्ने आप्रवासी महिला कामदार समूह संस्थाकी कार्यक्रम संयोजक जानुका गिरी रहेको र, गिरी र केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीकै मिलेमतोमा नाटकीय ढंगले बच्चीलाई ‘फालिएको’ प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो । जानुका र पुष्पाकै सेटिङमा न्यौपानेलाई बोलाएर सेटिङमा बालिका फ्याँकिएको भिडियो बनाउन लगाइएको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend