काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता दिएपछि गायक रामकृष्ण ढकालको ब्यापक बिरोध भएको छ । भदौ २४ गते युटयुबर भाग्य न्यौपानेले ‘नख्खु जेलमा जाऔं, जेल तोडेर रवि दाइलाई निकालौं’ भन्दै एकोहोरो रुपमा प्रदर्शनकारीलाई उकास्ने र कारागारमा आगजनीको बातावरण बनाएका थिए । गायक ढकालले जेलमा आगजनी भएपछि निस्किएका रवि लामिछानेलाई गाडी आफैं हाँकेर लगेका थिए ।
जेलमा आगो लगाएर प्रदर्शनकारीले लामिछानेलाई कैदमुक्त गरेपछि करिब डेढ घन्टा कुरेर रवि ढकालको सनरुफवाला गाडीबाट हात हल्लाउँदै घर गएका थिए । जुन गाडी आफैंले चलाएको बयान टेलिभिजननमा सगौरब दिएपछि गायक ढकालको सामाजिक संजालमा चर्को बिरोध भएको छ । साथै उनको चलचित्र मालती मंगले पनि बहिस्कार गर्न सामाजिक संजालमा आह्वान गरिएका पोष्टहरु देखिएका छन् ।
आफूलाई सामाजिक संजालमा गालीगलौजको बर्षा भएपछि गायक ढकालले कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । गायक ढकालले आफ्नो मानहानी हुनेगरी सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै इमेलमार्फत् साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
यो पनि पढ्नुहोस् :
सामाजिक संजालमा सक्रिय दिल निशानी मगरदेखि धेरैले गायक ढकालको अन्तर्वार्तापछि उनको आलोचना गर्दै लेखेका छन् । दिल निशानी लेख्छन्–‘प्रहरीको गाडी जलिरहेको बेला, एम्बुलेन्स हिँड्न डराएको बेला, सैनिकको बख्तरबन्द गाडीलाई समेत गाह्रो परिरहेको बेला र राज्यका प्रमुख संरचनाहरू दनदनी आगोमा जलिरहेको बेला एउटा मामुली गायक रामकृष्ण ढकालको निजी गाडी कसरी सजिलैसँग नक्खु कारागार पुग्यो ?
फ्लिम प्रचारको क्रममा अन्तर्वार्ता दिइरहेका ढकालले जेल ब्रेक भएको संवेदनशील दृश्य हेर्दै बडो गौरवका साथ त्यो गाडीभित्रको ड्राईभर म नै हुँ भनेपछि स्वभाविक रुपमा प्रतिक्रियात्मक आलोचना भएको हो । देशको अरबौंका भौतिक सम्पत्ति जल्दा कुनै चिन्ता नहुने तर आफ्नो फिल्मको एक, दुई करोड लगानी डुब्ने चिन्ताको दरिद्रता बन्द गर ।
रामकृष्ण ढकाललाई फ्लिमको टिकट बेच्ने चिन्ता होला तर यहाँ देशको चिन्ता गर्नेहरु पनि छन् । आफूले राज्यद्रोहसम्मको अपराध गरेर अरुलाई साइबरक्राइमको फरमान जारी गरेको सुहाउँदैन । खास जेलमा हुनुपर्ने मान्छे यिनी हुन्। बिहान उठ्दा बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गायकले आफ्नो हैसियतको ख्याल गरुन् ।
गायक ढकालले बैंक वा बित्तीय संस्थाबाट लिएको ऋण तिर्न श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका कुरा समेत सामाजिक संजालमा छरपष्ट भएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend