Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सामाजिक संजालमा गायक रामकृष्ण ढकालबिरुद्ध गालीको बर्षा, साइबर ब्यूरोमा दिए जाहेरी


    शुक्रबार, बैशाख २५ २०८३
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता दिएपछि गायक रामकृष्ण ढकालको ब्यापक बिरोध भएको छ । भदौ २४ गते युटयुबर भाग्य न्यौपानेले ‘नख्खु जेलमा जाऔं, जेल तोडेर रवि दाइलाई निकालौं’ भन्दै एकोहोरो रुपमा प्रदर्शनकारीलाई उकास्ने र कारागारमा आगजनीको बातावरण बनाएका थिए । गायक ढकालले जेलमा आगजनी भएपछि निस्किएका रवि लामिछानेलाई गाडी आफैं हाँकेर लगेका थिए ।

    जेलमा आगो लगाएर प्रदर्शनकारीले लामिछानेलाई कैदमुक्त गरेपछि करिब डेढ घन्टा कुरेर रवि ढकालको सनरुफवाला गाडीबाट हात हल्लाउँदै घर गएका थिए । जुन गाडी आफैंले चलाएको बयान टेलिभिजननमा सगौरब दिएपछि गायक ढकालको सामाजिक संजालमा चर्को बिरोध भएको छ । साथै उनको चलचित्र मालती मंगले पनि बहिस्कार गर्न सामाजिक संजालमा आह्वान गरिएका पोष्टहरु देखिएका छन् ।

    आफूलाई सामाजिक संजालमा गालीगलौजको बर्षा भएपछि गायक ढकालले कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।  गायक ढकालले आफ्नो मानहानी हुनेगरी सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै इमेलमार्फत् साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

    यो पनि पढ्नुहोस् :

    नख्खु कारागारबाट रवि लामिछाने भगाउने यस्तो ‘योजना’, गाडी रामकृष्ण ढकालको प्रयोग

    सामाजिक संजालमा सक्रिय दिल निशानी मगरदेखि धेरैले गायक ढकालको अन्तर्वार्तापछि उनको आलोचना गर्दै लेखेका छन् । दिल निशानी लेख्छन्–‘प्रहरीको गाडी जलिरहेको बेला, एम्बुलेन्स हिँड्न डराएको बेला, सैनिकको बख्तरबन्द गाडीलाई समेत गाह्रो परिरहेको बेला र राज्यका प्रमुख संरचनाहरू दनदनी आगोमा जलिरहेको बेला एउटा मामुली गायक रामकृष्ण ढकालको निजी गाडी कसरी सजिलैसँग नक्खु कारागार पुग्यो ?

    फ्लिम प्रचारको क्रममा अन्तर्वार्ता दिइरहेका ढकालले जेल ब्रेक भएको संवेदनशील दृश्य हेर्दै बडो गौरवका साथ त्यो गाडीभित्रको ड्राईभर म नै हुँ भनेपछि स्वभाविक रुपमा प्रतिक्रियात्मक आलोचना भएको हो । देशको अरबौंका भौतिक सम्पत्ति जल्दा कुनै चिन्ता नहुने तर आफ्नो फिल्मको एक, दुई करोड लगानी डुब्ने चिन्ताको दरिद्रता बन्द गर ।

    रामकृष्ण ढकाललाई फ्लिमको टिकट बेच्ने चिन्ता होला तर यहाँ देशको चिन्ता गर्नेहरु पनि छन् । आफूले राज्यद्रोहसम्मको अपराध गरेर अरुलाई साइबरक्राइमको फरमान जारी गरेको सुहाउँदैन । खास जेलमा हुनुपर्ने मान्छे यिनी हुन्। बिहान उठ्दा बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गायकले आफ्नो हैसियतको ख्याल गरुन् ।

    गायक ढकालले बैंक वा बित्तीय संस्थाबाट लिएको ऋण तिर्न श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका कुरा समेत सामाजिक संजालमा छरपष्ट भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार