Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद् विघटन गर्नुपर्ने कार्की र गुरुङको अडान, शीतल निवासबाट बाहिरिए सेनापति


    शुक्रबार, भाद्र २७ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रवार परामर्श गरिरहेका छन् ।

    सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग शीतल निवासमै छलफल गरेका छन् । सिग्देल राष्ट्रपतिसँग परामर्शपछि शीतल निवासबाट जङ्गी अड्डा फर्किएका छन् ।

    पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसद् विघटनबारे सहमति जुट्न सकेको छैन ।

    राष्ट्पति, प्रधानसेनापति र आन्दोलनकारी जेनजीका प्रतिनिधिबीच भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नुपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने अन्योल छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार