काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन् । जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ ।
२०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षा थियो। जसमा मात्र करिब २७ मिलियन डलर खर्च भएको थियो ।
वास्तवमा, धम्कीहरू अब व्यवसायिक प्रतिद्वन्द्वी र असन्तुष्ट कर्मचारीहरूबाट मात्र आउँदैनन्। तथ्याङ्कको दुरुपयोग, सामूहिक कटौती, अर्बौं डलरको सम्पत्ति र राजनीतिमा प्रत्यक्ष हस्तक्षेपले टेक दिग्गजहरूलाई जनआक्रोशको निशाना बनाएको छ ।
मार्क जुकरबर्ग
मेटाले २०२४ मा जुकरबर्ग र उनको परिवारको सुरक्षामा ३५३ करोड नेपाली रूपैयाँ खर्च गरेको छ । यसमा पालो अल्टो, क्यालिफोर्नियामा आवास सुरक्षा र यात्रा सुरक्षा समावेश छ।
एलन मस्क
टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कको सुरक्षामा भएको खर्चको पूर्ण तथ्याङ्क सार्वजनिक छैन् तर २०२३ मा टेस्लाले मात्रै उनको सुरक्षामा ३३ करोड नेपाली रुपैयाँ खर्च गरेको थियो। मस्कले अब आफ्नै फाउन्डेसन सेक्युरिटी कम्पनीमार्फत सुरक्षाको प्रबन्ध मिलाउँछन् र २० अंगरक्षकसहित अहिले पनि हिँड्छन् ।
सेन्ट जोसेफ
अमेजनले मालिक जेफ बेजोसको सुरक्षामा हरेक वर्ष करिब २० करोड नेपाली रुपैयाँ खर्च गर्ने गर्दछ। हालका सीईओ एन्डी ज्यासीको नेतृत्वमा पनि कम्पनीको सुरक्षा बजेट हरेक वर्ष बढ्दै गएको छ ।
एनभिडिया, हुवाङ
एनभिडियाले २०२४ मा हुवाङको सुरक्षाका लागि ४६ करोड भन्दा बढी खर्च गरेको छ । उनको २१ करोड लाखको सम्पत्ति र एआइ नीतिमा प्रत्यक्ष भूमिकाले खतरा बढाएको हो ।
मोर्गान, डाइमेन
जेपी मोर्गनका सीईओ जेमी डाइमेनको सुरक्षामा २०२४ मा ११ करोड नेपाली रुपैयाँ खर्च भएको थियो। यी सबै तथ्यांकबाट यो स्पष्ट हुन्छ कि सुरक्षा अब कम्पनीहरूको स्थायी खर्च भएको छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend