काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन् । जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ ।
२०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षा थियो। जसमा मात्र करिब २७ मिलियन डलर खर्च भएको थियो ।
वास्तवमा, धम्कीहरू अब व्यवसायिक प्रतिद्वन्द्वी र असन्तुष्ट कर्मचारीहरूबाट मात्र आउँदैनन्। तथ्याङ्कको दुरुपयोग, सामूहिक कटौती, अर्बौं डलरको सम्पत्ति र राजनीतिमा प्रत्यक्ष हस्तक्षेपले टेक दिग्गजहरूलाई जनआक्रोशको निशाना बनाएको छ ।
मार्क जुकरबर्ग
मेटाले २०२४ मा जुकरबर्ग र उनको परिवारको सुरक्षामा ३५३ करोड नेपाली रूपैयाँ खर्च गरेको छ । यसमा पालो अल्टो, क्यालिफोर्नियामा आवास सुरक्षा र यात्रा सुरक्षा समावेश छ।
एलन मस्क
टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कको सुरक्षामा भएको खर्चको पूर्ण तथ्याङ्क सार्वजनिक छैन् तर २०२३ मा टेस्लाले मात्रै उनको सुरक्षामा ३३ करोड नेपाली रुपैयाँ खर्च गरेको थियो। मस्कले अब आफ्नै फाउन्डेसन सेक्युरिटी कम्पनीमार्फत सुरक्षाको प्रबन्ध मिलाउँछन् र २० अंगरक्षकसहित अहिले पनि हिँड्छन् ।
सेन्ट जोसेफ
अमेजनले मालिक जेफ बेजोसको सुरक्षामा हरेक वर्ष करिब २० करोड नेपाली रुपैयाँ खर्च गर्ने गर्दछ। हालका सीईओ एन्डी ज्यासीको नेतृत्वमा पनि कम्पनीको सुरक्षा बजेट हरेक वर्ष बढ्दै गएको छ ।
एनभिडिया, हुवाङ
एनभिडियाले २०२४ मा हुवाङको सुरक्षाका लागि ४६ करोड भन्दा बढी खर्च गरेको छ । उनको २१ करोड लाखको सम्पत्ति र एआइ नीतिमा प्रत्यक्ष भूमिकाले खतरा बढाएको हो ।
मोर्गान, डाइमेन
जेपी मोर्गनका सीईओ जेमी डाइमेनको सुरक्षामा २०२४ मा ११ करोड नेपाली रुपैयाँ खर्च भएको थियो। यी सबै तथ्यांकबाट यो स्पष्ट हुन्छ कि सुरक्षा अब कम्पनीहरूको स्थायी खर्च भएको छ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend