काठमाडौँ । अमेरिकी निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) विभागको जिम्मेवारी दिएपछि टेस्लाका प्रमुख एलन मस्क र व्यापारी विवेक रामास्वामीले आफ्नो काम शुरु गरेका छन् । मस्क र रामास्वामीले यस विभागमा काम गर्ने कर्मचारीको खोजी शुरु गरेका छन् ।
डोजका लागि सुपर उच्च आइक्यू भएका व्यक्तिहरू खोजिरहेको जानकारी दिदै आवेदन माग गरेका छन् । यस विभागमा हप्तामा ८० घण्टा भन्दा बढी काम गर्न सक्ने मानिसहरू खोजिरहेको सूचनामा भनिएको छ ।
सामाजिक सञ्जाल एक्समा प्रमाणित एकाउन्ट भएकाले मात्र आवेदन दिन सक्ने शर्त राखिएको छ । मस्क र रामास्वामीले सिभि पठाउने शीर्ष एक प्रतिशत उम्मेद्वारहरूको समीक्षा आफैले गर्ने बताइएको छ ।
यस कामका लागि पारिश्रमिक नदिइने मस्कले बताएका छन् । मस्कले भनेका छन्- ‘यो कामको लागि कुनै तलब हुनेछैन । यो एक बोरिंग काम हुनेछ, र तपाईं धेरै शत्रु बनाउनुहुनेछ । र तपाईले यसका लागि कुनै पैसा पनि पाउनुहुनेछैन । भुक्तान नगरिएका यी पदहरूले अमेरिकालाई ठूलो मद्दत गर्नेछ ।’
दोश्रो पटक चुनाव जितेपछि डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी तन्त्रलाई पुनर्संरचना गर्न र सरकारको खर्च घटाउन यो विभाग सुरु गरेका हुन् । ट्रम्पले यो बिभाग जुलाई ४, २०२७ सम्म सञ्चालन हुने बताएका छन् ।
डोज विभागले बाहिरबाट सरकारलाई सल्लाह दिनेछ । मस्कले यस विभागको जिम्मेवारी पाएपछि अमेरिकी सरकारले अहिले खर्च गरिरहेको २ ट्रिलियन डलर बचत गर्ने दाबी गरेका छन् । ट्रम्पले सेप्टेम्बरको शुरुमा डोजको गठन प्रस्ताव गरेका थिए ।
प्रणालीमा पारदर्शिता ल्याउन डोजको कामलाई अनलाइन पोस्ट गरिने मस्कले बताए । जनताको करको पैसा कुन-कुन योजनामा खर्च भइरहेको छ भन्ने कुराको जानकारी छुट्टै दिइने उनले बताएका छन् ।
वासिङ्टन पोस्टका अनुसार मस्कले रक्षा बजेट वा सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गरे मात्रै मस्कको दाबी पुरा हुने उल्लेख गरिएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend