Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मूल्य !


    बिहिबार, असोज १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर (हाल एक्स) किनेपछि कम्पनीको मूल्य ८० प्रतिशतले घटेको पाइएको छ ।

    मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मूल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण गर्ने कम्पनी फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ ।

    मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी रकम तिरेको बताइएको थियो । मिडिया रिपोर्टका अनुसार २०२२ मा ट्वीटरको मुल्य ३० बिलियन डलर भन्दा बढी नभएपनि मस्कले १४ बिलियन डलर तिरेको विश्लेषण गरिएको थियो ।

    मस्कले किनेपछि धेरै जसो विज्ञापनदाता एक्सप्रति आकर्षित हुन नसकेको विभिन्न रिपोर्टहरुमा यस अघि पनि उल्लेख गरिएको छ ।

    हालै कान्तरले गरेको ग्लोबल सर्भेमा २६ प्रतिशत विज्ञापनदाताले अर्को बर्ष एकसमा गर्ने खर्चमा कटौती गर्ने योजना बनाएको देखिएको छ । यस सर्वेमा ३९ प्रतिशत विज्ञापनदाता गुगलमा राखेको विज्ञापनबाट सन्तुष्ट देखिएका छन् भने एक्समा यो संख्या केवल ४ प्रतिशत मात्र रहेको छ ।

    गत नोभेम्बरमा मस्क आफैले नाम चलेका ब्रान्डले एक्समा विज्ञापन नदिएको आरोप लगाएका थिए ।

    यस बर्षको दोस्रो क्वाटरमा एक्समा प्रति महिना ५७० सक्रिय प्रयोगकर्ता रहेको र यो अघिल्लो सोही समयको ६ प्रतिशतले बढी भएको दाबि एक्सले गरेको छ तर बिभिन्न रिपोर्टले अहिले एक्सका प्रयोगकर्ता मस्कले कम्पनि किनेपछि २० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार