काठमाडौं । सत्तारुढ दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउन आ आफ्ना संसदीय दलका बैठक बोलाएका छन् ।
दुबै दलले आकस्मिक बैठक बोलाएका छन् । संवेधानिक परिषदमा अल्पमतमा परेकाले उपसभामुखमाथि महाभियोग लगाएर हटाउने खेलमा लागेका छन् । त्यसका लागि दुईतिहाई बहुमत पुर्याउन अरु पार्टीसँग सरकारमा रहेका कांग्रेस–एमालेले छलफल अगािड बढाएका छन् ।
एमालेले सांसदहरूको हस्ताक्षर संकलनका लागि बैठक बोलाइएको जनाइएको छ ।
यता, नेपाली कांग्रेसले पनि सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठकपछि संसदीय दलको बैठक पनि बस्नेछ ।
राना, जो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) को कोटाबाट उपसभामुख बनेकी छन्, उनको आचरणमाथि प्रश्न उठाउँदै यी दुई दलले उनलाई हटाउने रणनीति बनाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन्, जुन दुई तिहाइका लागि अपर्याप्त छ । साना दलहरूको समर्थनबिना उपसभामुख हटाउन सम्भव नहुने देखिन्छ ।
गत वर्ष पनि यस्तै प्रयास असफल भएको थियो, जसपा नेपाल र जसपाले सहयोग नगरेपछि सो प्रयास असफ भएको हो । रास्वपाले उपसभामुख हटाउने कुनै कदम भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको ।
उपसभामुख राना हाल अमेरिकामा व्यक्तिगत भ्रमणमा छन् र भदौ १३ मा फर्कने कार्यक्रम छ । यसबीच, संवैधानिक परिषद्मा आफू अनुकूल नियुक्तिका लागि रानालाई हटाउन खोजिएको रास्वपाको आरोप छ ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend